प्रदेश १ भित्र दुई दिनमा २५ दुर्घटना, ४१ घाइते, एकको मृत्यु

धरान-चालु साता गएको आइतवार र मंगलवार प्रदेश १ मा पच्चिस स्थानमा भएका सडक दुघट्नामा एकको मृत्यु भएको छ, ४१ जना घाइते भएका छन् । घाइतेहरुमा १० जनाको अवस्था गम्भिर रहेको छ । ३१ जना सामान्य घाइते भएका छन् । चिसो मौसम शुरु भएसंगै तराईमा बाक्लो हुस्सुका कारण दुर्घटुना हुने कुरामा प्रदेश १ ट्राफिक प्रहरी कार्यालय ईटहरीले बताएको छ ।

अधिकतम दुर्घटना मोटरसाइकल आपसमा जुध्दा भएको देखिएको छ । शहरी क्षेत्रमा सवारी संख्याको बढ्दो चापका कारण टेम्पो, सिटी सफारीका कारण दुर्घट्ना भएको पाइएको छ । पहाडि क्षेत्रमा साँघरो, खराब सडकका कारण काभाडाका साना सवारीले अर्का सवारी लाई ठक्कर दिँदा दुर्घटना भएको पाइएको छ । दुर्घट्नाहरु विहान ८ देखी राती ९ बजेका विचमा भएका हुन् । अधिकतम संख्या दिउँसै भएका छन् ।

झापाको दमक–४ कृष्ण मन्दिर अगाडि राजमार्गमा आइतवार भएको दुर्घट्नामा मोटर साइकलले ठक्कर दिदा ४०-४५ वर्षका तराई मुलका एक पुरुषको मृत्यु भएको छ । प्रहरी अनुसार ठक्कर दिने मोटरसाइकल र मृतकको नम्बर र नाम खुल्न सकेको छैन । राजमार्गमा पैदल यात्रा गरीरहेका उनको घट्नास्थमै मृत्यु भएको हो ।

भोजपुरको पौवादुम्मा गाउँपालिका–१ हिलो भञ्जाङमा मंगलवार बलोरो जीप र तिन पाङग्रे टेम्पो ठोक्किदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा को १ ह ७९८४ नम्बरको टेम्पो चालक भोजपुर–१ का बालकुमार तामाङ र यात्री ६५ वर्षिया जनककुमारी तामाङ छन् । बेलेरोका चालक झापाका ज्ञानु शेर्पा सहित दुवैको प्रहरी निगरानीमा उपचार भैरहेको छ । प्रहरी अनुसार पहाडि सडकमा टेम्पो तिब्रगतिमा कुदाउँदा उक्त घट्ना भएको हो । पछिल्लो समय धरान, इटहरी बाट पहाडि सडकमा जोखिमपूर्ण रुपमा टेम्पो चलाउन थालिएको छ ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टेम्पोले रोकिराखेको टुयाक्टर लाई ठक्कर दिँदा एकजना घाइते भएको छ । प्रदेश २–०१–००१ ह ०६८८ नम्बरको टेम्पोले रोकी राखेको प्र २–०१–००१ त ०९९८ ट्याक्टरलाई पछाडीबाट ठक्कर दिदा टेम्पो यात्री ५५ वर्षिया नन्दकुमारी राउत घाइते भएकी हुन् । उनको उपचार न्युरो अस्पताल बिराटनगरमा भैरहेको छ । टेम्पो चालक प्रकाश खत्री फरार छन् ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको सुन्दरहरैचा–६ महेश्वर मार्गमा मर्निङवाकमा हिडिरहेका महिलाहरु लाई को १८ प १३५५ मोटरसाइकलले ठक्कर दिँदा घाइते ३ मध्ये ५० वर्षिया नन्दी राई गम्भिर छन् । ५५ वर्षिया साबित्री राई, ४८ वर्षिया बलिमाया राईको खुट्टा र टाएकोमा चोट लागेको छ । मोरङकै बुढिगंगा गाउँपालिका–३ मा लु ५५ प ४२६ को मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री जनकपुरका ७२ वर्षिय देबेन्द्र कर्ण र चालक ३२ वर्षीय लालु सरदारको अवस्था गम्भिर छ । मोटरसाइकल पछाडि बस्ने ३२ वर्षिय कमलकुमार सरदार सामन्य घाइते छन् ।

झापाको दमक–८ पशुहाट अगाडि राजमार्गमा दूई मोटरसाइकल आपसमा जुद्धा ३ घाइतेमा एक गम्भिर अवस्थामा छ । घाइतेहरुमा २४ वर्षिय ज्ञानेन्द्र राई, आईन्द्र नेम्वाङ, २२÷२३ वर्षका प्रदिप दाहाल छन् । तिनै जना घाईतेहरुको उपचार दमक अस्पतालमा भैरहेको छ । पुर्ब जादै गरेको प्र. १–०२–०४२ प ३२१३ र बिपरीत दिशा बाट एको को २४ प ५९४२ नम्बरको मोटरसाइकल आपसमा जुधेको हो । यसैगरी धनकुटा–९ रुद्रबारीमा को ३० प २११९ र को १३ प ३७२४ को मोटरसाइकाल जुद्धा तेह्रथुम लालिगुरास–३ का शुकबहादुर लिम्बु र पछाडी सवार धनकुटा महालक्ष्मी–३ का ६२ वर्षिय देबबहदुर थापा घाइते भएका छन् ।

यसैगरी मोरङको सुन्दरहरैजा–१० मा को ६ प ४९२२ को मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ६० वर्षिय प्रभुनाथ राई गम्भिर घाइते भएका छन् । उनको बेलबारी नोबेल अस्पतालमा उपचार भैरहेको छ । झापाको दमक–१ श्रेष्ठ चौकमा को १५ प ४१७२ को मोटरसाइकल अनियन्त्रीत हुँदा चालक मोरङ मिक्लाजुङका प्रकाश मगर गम्भिर घाइते भएका छनु भने पछाडी बस्ने कमल गाउँपालिका ५ का रबिन बिष्ट घाइते भएका छन् ।

सुनसरीको दुहवी–८ सोनापुर चौक राजमार्गमा को २३ प ९७९ को मोटरसाइकल अनियन्त्रित हुँदा चालक बर्जु गाउँपालिकाका ३८ वर्षिय प्रहलाद चौधरी र पछाडि बसेकी श्रीमति २४ वर्षिय रचना चौधरी घाइते भएका छन् । यसैगरी उदयपुरको बेलका नगरपालिका–९ मदन भण्डारी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई २ जना गम्भिर घाईते भएका छन् । घाइतेमा बा ६४ प ६८२५ मोटरसाइकल चालक २० वर्षिय शिव राई र पछाडी बसेका १८ वर्षिय प्रकाश तामाङ छन् ।

मोरङको बुढिगंगा गाउँपालिकामा स ११ प ४१४४ र स ५ प ४८५९ नम्बरको मोटरसाइकल ठोक्किदा बिराटनगर–११ का अशोक देब र सुनसरी हरिपुर–७ का दुर्गानन्द पण्डित घाईते भएका छन् । मोरङकै जहदा गाउँपालिका–६ डकैता टोलमा टिफरले स्कुटरलाई ठक्कर दिदा स्कुटी चालक २२ वर्षिया निकिता सुनार घाइते भएकी छन् । विराटनगर–३ फुलवारी होटल अगाडी मोटरसाइकल लाई प्र ३–०१–०२२ नम्बरको कारले ठक्कर दिँदा उदयपुर कटारी–५ का दिनेश मल्लिक र पछाडी बसेका कल्पना तामाङ घाइते भएका छन् ।

झापाको भद्रपुर–१ अछामे चौकमा मे ४ प ९७४२ मोटरसाइकले ठक्कर दिँदा ७२ वर्षिया तुलसामाया विक गम्भिर घाइते भएकी छन् । विराटनगर–१३ साल्ट टे्रडिङ अगाडि सिटी सफारी अनियन्त्रित हुँदा ४० वर्षिया सुमित्रा ढुङ्गाना र ५८ वर्षिया बिमला सिलवाल घाइते भएका छन् । मोरङको कटहरी–३ सेलो फ्याक्ट्री अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिदा जहदा ६ का सुवाशकुमार मण्डल घाइते भएका छन् ।

मोरङको कानेपोखरी–७ र लेटाङको सिमाना स्थित राजमार्गमा ट्रकको पछाडी सुमो जीप ठक्कर लाग्दा ७ जना घाइते भएका एकको अवस्था गम्भिर छ । घाइतेहरुमा बेलबारी ११ की १८ वर्षिया सलिना रायमाझि, देबीमाया रायमाझी, ५० वर्षिया अम्बिका रायमाझी, ४५ वर्षिया रेजिना गौतम, २९ वर्षीय शैलेश रायमाझी, बिराटनगर–६ की ४५ वर्षिया मुना रायमाझि र ६१ वर्षिया दुर्गा रायमाझी छन् । । प्रहरी अनुसार घट्नामा को १ च ९३४० को सुमो चालक मोरङ बेलबारी–१० का खगेन्द्र कटवालको लापरवाहीका कारण भएको हो ।

तराईमा हुस्सु बढेकाले दुर्घटनाबाट जोगिन साइकल समेतका सवारी साधनमा टल्किने स्टिकर लगाउन सचेत गराउँदै बुधवार विराटनगर सडकमा ट्राफिक प्रहरीहरु ।
तस्विरः जिल्ला ट्राफिक प्रहरी मोरङ

टिप्पणी थप्नुहोस्