पार्टी किचलोकैविच प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं-  पार्टीभित्रको किचलो चर्कदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाँकेका छन्। उनले आइतवार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक राखेका हुन्। बैठकको समय विहान ९ वजे तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका ४५ सवैधानिक निकायको प्रमुखदेखि सदस्यसम्म रिक्त छ।
अख्तियार, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् । लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।

ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे  आफ्नै दल र  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमति जुटेको छैन।  प्रधानमन्त्री ओलीको निरंकुश शैलीबाट शुरु भएको आन्तरिक किचलो समेत साम्य नभएको बेलामा उनले राखेको परिषद्को बैठक अर्थपूर्ण देखिन्छ।

टिप्पणी थप्नुहोस्