एमभि अगष्टाका चार नयाँ मोडल बाइक नेपालमा

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रालिले बजारमा एमभि अगष्टाको चार नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

नेपाली बजारमा प्रवेश गरेका BRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION), TURISMO VELOVE 800 र DRAGSTER 800 RR AMERICA (LIMITED EDITION)एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् ।

८०० सि सि इन्जिन क्षमता रहेको BRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) र DRAGSTER 800 RR AMERICA (LIMITED EDITION)मा १४० bhpको पावर र ८७nm को टर्क रहेको छ ।

नेपाली बजारमा BRUTALE 800RR को मूल्य रु. ४८,९०,००० रहेको छ र DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION)को मूल्य ५९,९०,००० रहेको छ भने DRAGSTER 800 RR AMERICA (LIMITED EDITION)को मूल्य ५७,९०,००० रहेको छ ।

त्यसैगरी ८०० CC को TURISMO VELOVE 800 मा 110bhp को पावर र ८०nm को टर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य रु. ५७,९०,००० रहेको छ ।

एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ ।

एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ । काठमाडौंको एसजेमोटो, कान्तिपथ मार्फत ग्राहकहरुलाई भेलोसिटी प्रा.लि.ले बिक्रीवितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदान गर्दै आएको छ । थप जानकारीको लागिं 9801177302मा सम्पर्क गर्नुपर्नेछ ।

टिप्पणी थप्नुहोस्