‘संविधान विरुद्धको अपराधका साझेदारलाई लोकतन्त्रवादीहरुले ठेगान लगाउँछन’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विद्यादेवी भण्डारीले राष्ट्रपति हुने हैसियत गुमाएको बताएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रस्तावलाई सदर गरेर राष्ट्रपति भण्डारीले वैशाखमा मध्यावधी घोषणा गरेपछि वानेश्वरमा आयोजित बिरोध सभामा बोल्दै नेता थापाले राष्ट्रपति भण्डारी आम नेपालीको राष्ट्रपति नभएर केपी ओली गुटको एक सदस्य मात्र भएको बताए।

संविधान विरुद्धको अपराधका साझेदार तथा अपराधीहरुलाई लोकतन्त्रवादीहरुले ठेगाना लगाउनु पर्ने थापाले बताए। थापाले भने,‘संविधान विरुद्ध अपराध गर्ने अपराधी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई ठेगान लगाउँ । यहि राजनीतिक अस्थिरताको फाइदा उठाएर व्यवस्था विरुद्ध लाग्नेलाई पनि चिनौ।’

लोकतन्त्रमाथि धावा बोल्ने केपी ओलीको आँट नेकपा नेताहरुको कारणले आएको थापाले बताए । प्रतिपक्षी दलका हैसियतबाट पटकपटक खबरदारी गरिरहँदा त्यसलाई वेवास्ता गर्ने माधव नेपाल र प्रचण्ड हुतिहारा हुँदा यस्तो अवस्था आएको उनले बताए।

थापाले कांग्रेस चुनावसँग नडराउने जनाउँदै तर असंवैधानिक कदमका विरुद्ध भने उभिनने बताए । चुनावसँग डराउने नभइ मेरै क्षेत्रकी महारानी बनेकी विद्यादेवीलाई चुनाव लड्न निम्तो दिएको थापाले पुन स्मरण गराए ।

टिप्पणी थप्नुहोस्