प्रदेश १ मा दुईको मृत्यु, ७ गम्भीर घाइते

धरान । मुलुकको ध्यान राजनीतिक घटनामा केन्द्रित भएको बेला प्रदेश १ मा सडक दुर्घटना रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरु ओझेलमा परेको छ । राजनीतिक घटनाक्रमसंगै सर्वसाधारणको मनोविज्ञान समेत अस्थिर भएकाले दुर्घटनाको जोखिम पनि बढेको छ । शनिवार मात्र प्रदेश १ मा भएका १४ वटा सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घटनामा घाइते १४ मध्ये ७ को अवस्था गम्भीर छ ।

प्रदेश १ प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेशको झापा, मोरङ र सुनसरीमा भएको सडक दुर्घटना बढेको हो । झापाको कमल गाउँपालिका–५ रतुवापुलमा भएको दुर्घटनामा ५० वर्षिय स्थानीय झुलनाथ खनालको मृत्यु भएको छ । साइकलमा यात्रा गरेका खनाललाई तिब्र गतिमा आएको मे १ ज २००४ नम्बरको टाटा सुमो जीपले ठक्कर दिएको थियो । गम्भिर घाइते उनलाई लाइफलाइन अस्पताल दमकमा पुर्‍याएपछि मृत्यु भएको हो । सुमो चालक २२ वर्षिय निरज बानिया पक्राउ गरिएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० सिविरडाँडामा भएको दुर्घटनामा ५२ वर्षीय सन्त आलेमगरको मृत्यु भएको छ । घट्नामा शुक्ल मुर्मु घाइते भएका छन् । घटना मोटरसाइकलको लापरवाहीका कारण ट्याक्टरमा ठक्कर लाग्दा भएको प्रहरीले जनाएको छ ।

राजमार्गमा पश्चिमबाट आउँदै गरेको को २ त ५५८१ को ट्रयाक्टर लाई पछाडि बाट आउँदै गरेको मे ११ प ३४३५ को मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसासइकल चालक मृतक आलेमगरको गम्भिर अवस्थामा विराटगर नोवल अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

विराटनगर रोडशेष चौकमा जोगबन भन्भार जाँदै गरैको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर छ । को २ ह ४५३५ को टेम्पो अनियन्त्रित भई सडकको फूल क्यारीमा ठक्कर खाएको हो । गम्भिर घाइतेमा बिराटनगर–५ का ५५ वर्षीय परमेश्वर राजभण्डारी र ४३ वर्षीय सुनिल कुमार थापा छन् । यस्तै अस्गर अली, प्रबिण चौधरीको खुट्टामा चोट लागेको छ ।

सुनसरीको रामधुनी–७ मा तिब्रगतिमा आएको स्कुटीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडिका ४५ वर्षीया सजनी चौधरी घाइते भएकी छन् । को ३८ प ५३८७ को स्कुटीले को ८ प ९१७४ को मोटरसाइकललाई ठक्कर दिएको हो । घट्नामा मोटरसाइकल चालक ५२ वर्षिय चतुरलाल चौधरी पनि घाइते छन् ।

विराटनगर–१३ बागमती प्लाष्टिक फ्याक्ट्र अगाडि दुई मोटरसाइकल जुद्धा घाइते दुई मध्ये एकको अवस्था गम्भिर छ । पछाडी बसेकी २५ वर्षिया सबिना खनालको अवस्था गम्भिर छ । अर्को मोटरसाइकल चालक ईटहरी–२० का ३० वर्षिय सुबास कार्की घाइते छन् । को प्र १–०२–०४०प ५८४४ र स ७ प १८६४ को मोटरसाइकल जुद्धेको हो । ट्रफिक प्रहरी अनुसार मोटरसाइकल तिब्रगतिमा भएकाले दुर्घट्ना भएको हो । यसैगरी शनिवार पथरी बजारमा को २ च ६४८ को पिकअपले ज ९ प ४७२३ को मोटरसाइकल लाई ठक्कर दिदा चालक धनुषाधाम–९ का ४१ वर्षिय जितेन्द्र कुमार मंडलको अवस्था गम्भिर छ ।

टिप्पणी थप्नुहोस्