ओली श्री ३ जंगबहादुर राणाको बाटोमा-प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नेपाली राजनीतिमा कलंकको टीका लगाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा जनसांस्कृतिक महासंघको कार्यक्रममा दाहालले ओली कलंकको टीका लगाएकैले आफूहरुलाई जनताका बीचमा जाने अवस्था बनाएको बताए ।

सनकका भरमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसकोस् भनेरै संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको जिकीर उनले गरे । संविधान बनाउँदा नै नराखिएको व्यवस्थाप्रति प्रधानमन्त्री ओलीले निर्मम ढंगले संविधानको कू गरेको आरोप उनले लगाए ।

हुँदै नभएको अधिकार प्रयोग गरेँ भन्दैमा संसद विघटित नहुने भन्दै दाहालले प्रतिनिधि सभा जिवित नै रहेको जिकीर गरे । अदालतले सदन सुचालु गर्न आदेश दिने विश्वास उनले व्यक्त गरे ।

ओली श्री ३ जंगबहादुर राणाको बाटोमा गएको भन्दै दाहालले ओलीलाई पराजित र आफ्नो पक्षलाई विजयीको संज्ञा पनि दिए । अर्को चुनाव आफूहरुले जित्ने दावी गर्दै अध्यक्ष दाहालले भने, ‘बाजी हामीले जितेका छौ ।’

टिप्पणी थप्नुहोस्