प्रदेशसभा पनि विघटन हुनसक्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छिन ।

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन ।

मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन । प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद विस्तार गरेको जिकिर गरिन ।

मन्त्री तुम्बाहाङ्फेले संसद् विघटन संविधानमा स्पष्ट रूपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गरेको बताइन ।

टिप्पणी थप्नुहोस्