काठमाडौं। भूकम्पबाट प्रभावित विद्यालय पुनःनिर्माणका लागि भारत सरकारले ३० करोड ६० लाख नेपाली रुपैंयाँ सहयोग हस्तान्तरण गरेको छ ।
भारतीय दुतावासका उपप्रमुख नामग्य खम्पाले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुसील ज्ञवालीलाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
भारत सरकारले नेपालका विभिन्न ८ जिल्लामा ९१ शैक्षिक संस्थाको पुननिर्माणका लागि ५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
यसअघी भारतले भुकम्पबाट प्रभावित विभिन्न जिल्लामा ५० हजार घर निर्माण गर्ने प्रतिद्धता गरे अनुसार ४६ हजार भन्दा बढी घर निर्माण गरिसकेको छ ।
टिप्पणी थप्नुहोस्