आलु गाँउ

चितवनको खैरहनी नगरपालिका–१० कठार खरखुट्टेलाई आलु गाँउले चिनिने गरेको छ । उक्त गाँउमा आलु खेती नगर्ने किसान नै छैन भन्दा पनि हुन्छ ।

गाउँका किसानहरुले अन्न बाली छाडेर आलु खेती गर्दै आएका छन् । अन्य बालीबाट लागत मूल्य उठाउन पनि धौ धौ हुने गरेकोमा आलु खेतीबाट मनग्य आम्दानी लिन सकिने किसान कृष्ण प्रसाद अर्यालले बताए ।

उक्त गाउँका किसानहरुले बेलायतबाट ल्याईएको ब्लुडाईण्ड एमएस र रातो लगायत बिभिन्न जातका आलु लगाउने गरेका छन् । अन्य आलुमा भन्दा ब्लुडायमण्ड जातको आलु लगाउँदा छिटो र धेरै फल्ने किसानहरु बताउँछन् ।

करिब २ सय ५० बिगाहामा आलु खेती गर्दै आएका उक्त गाउँका किसानहरुले एक सिजनमा करिब २० करोड रुपैंयाँको को आलु बिक्री गर्ने गरेका छन् । यतिबेला उक्त गाउँका किसानहरुलाई आलु खन्न भ्याई नभ्याई छ । तस्विर : ईश्वर श्रेष्ठ

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री