नेपालगन्ज : संघीयताले ओझेलमा परेको शहर
-
नेपालगन्ज । नयाँ मूलुकका रुपमा चिनिएको बाँकेको नेपालगन्ज केही वर्ष पहिलेसम्म पश्चिम नेपालका २३ जिल्लाको प्रमुख केन्द्रका रुपमा परिचित रहदै विकसित भएको थियो । राजनितिक हिसावले मात्र नभई शिक्षा, स्वास्थ्य र प्रशासनिक हबका रुपमा समेत परिचित यस शहर तत्कालिन भेरी, कर्णाली, सेती र महाकाली अञ्चल संगै राप्तीको पनि प्रमुख केन्द्रका रुपमा स्थापित रहन पुग्यो । विस्तारै व्यवसायिक, शैक्षिक, स्वास्थ्य उपचार र प्रशासनिक जस्ता क्षेत्रहरुमा अगाडि बढिरहेको यस क्षेत्र सबैजसो कार्यका लागि नेपालगन्जकै भर पर्नुपर्ने अवस्थामा रहेको थियो ।""""