सरकारप्रति मुस्ताङबासीको नजर
- युवराज गौतम
चिसो मरुभूमिको फरक भूखण्ड, प्राकृतिक विविधता र लोभलाग्दो संस्कृति भएको मुस्ताङ सिंहदरबारबाट धेरै टाढा होइन । चीनको स्वशासित क्षेत्र तिव्बतसँग साँध जोडिएको यो जिल्ला अन्यभन्दा फरक छ । केन्द्रीय राजधानी काठमाडौंमा आगामी निर्वाचनको गर्मागर्मी शुरु भए पनि यहाँका गाउँमा पर्यटन गतिविधि र स्याउको गोडमेलले प्राथमिकता पाएको छ । कोरोना महामारीले सुस्ताएको मुस्ताङको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।