एसएसबीको तुइन कान्डः भारतीय समकक्षीलाई पत्र, नेपाल पनि दोषी
- रुपान्तरण
जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन तर्ने क्रममा महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी मागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराइ आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरेकी छन् ।