नेपालको संसदीय इतिहासमा छ पटक प्रतिनिधिसभा विघटन
- रुपान्तरण
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीन पटक सर्वोच्च अदालतमार्फत र एक पटक जनआन्दोलनमार्फत पुनः स्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।