विचार - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

विचार

जनार्दन शर्मा प्रभाकरको ‘हरित बम’

- किशोर नेपाल   

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उप–महासचिव तथा प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीभित्र निश्चित समयमा फुटने ‘हरित बम’ प्रहारगर्नु भएपछि पार्टीकासर्वोच्च नेता अध्यक्षप्रचण्ड झस्किनु भएकोछ । बम प्रहारको सम्भावनाका बारे उहाँले सोच्नु पनि भएको थिएन होला । यो बमको प्रहारले प्रचण्ड नेतृत्वको कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जग भत्किन लागेको अहसासकसैलाई भयो भने त्यो अस्वाभाविक होइन । अहिले त प्रभाकरले पडकाएको ‘हरित बम’ हानी रहित थियो । अध्यक्ष प्रचण्डले सम्हाल्न सक्नु भएन भने माओवादी केन्द्र ‘विनाशक’ वमको प्रहारले साँच्चिनै पडकिन पनि सक्नेछ ।

जलवायु परिवर्तनको असर र मिडिया सचेतना

- युवराज गौतम   

विश्वभर जलवायु परिवर्तनको असरबारे चासो र चिन्ता छ । प्राकृतिक जोखिम दिनप्रतिदिन बढ्दै गएको र मानवीय जीवनका लागि आवश्यक जलस्रोत, वातावरण, उत्पादनजस्ता क्षेत्रमा देखिएको प्रभावले चिन्ता थपिदै गएको छ । हिमालै हिमालको देश नेपालमा हिउँको मात्र घट्दै जानु, हिमनदीहरु फुट्ने जोखिम बढ्नु, लामो समयसम्म खडेरी परेर कृषिजन्य बस्तुको उत्पादनमा कमी आउनु, पानीका मुहानहरु सुक्दै जानु अनि क्षणभरमै बाढी र डुबानले जनधनको क्षति हुनुलाई जलवायु परिवर्तनको असर मानिन्छ । यसका निम्ती विकसित देशहरुले प्रभावकारी कार्यक्रम र योजनाहरु अघि सारेका छन् ।"