धराशयी बनेको पर्यटन क्षेत्र विस्तारै रिभाइभ - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

धराशयी बनेको पर्यटन क्षेत्र विस्तारै रिभाइभ


काठमाडौं । नेपालमा पर्यटन व्यवसायले उचाइ लिएको छ । विनाशकारी महाभुकम्प र कोभिड महामारीको प्रभाव कम हुँदै गएपछि विदेशी पर्यटकको संख्या बढेको छ भने आन्तरिक पर्यटकहरु पनि घुम्न निस्किरहेका छन् । जसका कारण पर्यटन व्यवसाय चलायमान हुँदै गएको छ । वसन्तकालीन सिजन शुरु भएसँगै सगरमाथा आरोहणका अनुमति लिनेको संख्या बढेको छ । ट्रेकिङमा रमाउने विदेशीहरुको संख्या ह्वात्तै बढेको छ ।

सन् २०१७ सम्म वर्षभरिमा १० लाख बाह्य पर्यटक नेपाल भित्रिएका पर्यटक सन् २०१८ मा ११ लाख ७३ हजार नाघिसकेको थियो । तर २०१९बाट सुस्ताएको पर्यटन २०२३ देखि विस्तारै लयमा आउँदैछ । । कोरोनाबाट मुक्ति नमिले पनि सन् २०२२ देखि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ । सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । सन् २०२२ को जनवरीदेखि मार्चसम्मका तीन महिनामा ७८ हजार ७४७ पर्यटक आएका थिए ।

अहिले त्यो संख्यामा उच्च वृद्धि भएको छ । सन् २०२३ को तीन महिनामा २ लाख २७ हजार ७५५ पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् । कोभिडपछि धेरै देशको पर्यटन क्षेत्र पहिलाको अवस्थामा आइसक्यो । दक्षिण एसियाकै पनि श्रीलंका, माल्दिभ्स, भुटानलगायतका देशले पर्यटक आगमनमा ठूलो फड्को मारिसकेका छन् । तर पर्यटनलाई प्राथमिकता दिन सरकारसँग कुनै ठोस योजना, नीति र रणनीति नै छैन । देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको जिम्मा पाएको नेपाल पर्यटन बोर्ड सुस्त देखिएको छ ।

तर पनि यसपाली सगरमाथा आरोहणका लागि पर्यटकहरुको उपस्थिति राम्रो देखिएको छ । २१ अप्रिलसम्म चार सय ५४ आरोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिइसकेका छन्, जसमध्ये ९३ महिला र तीन सय ६१ पुरुष छन् । अनुमति लिनेमा सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा अमेरिकी र तेस्रोमा भारतीय छन् । विभागका अनुसार ९६ चिनियाँ, ८७ अमेरिकी, ४० भारतीय, १९ रुसी, १८ बेलायती, १२ नेपाली, २१ क्यानेडेली, १३ फ्रान्सेली, १२ अस्ट्रेलियाली, १८ युएईलगायत देशका आरोहीले सगरमाथा चढ्नका लागि अनुमति लिएका छन् ।

२०२३ मार्चमा एक लाख पर्यटक नेपाल भित्रिएका छन्, जुन कोभिडपछिकै सबैभन्दा धेरै हो । कोभिडअघि १९ मार्च २०१९ सँग तुलना गर्दा मार्च २०२३ मा पर्यटक आगमन ७८ प्रतिशत ‘रिकभरी’ भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । सगरमाथा क्षेत्रमा आरोही र पदयात्रीको संख्या बढेपछि जहाज र हेलिकोप्टरको व्यस्तता पनि बढेको छ । लुक्ला विमानस्थलमा दैनिक तीन सय ७० सम्म उडान–अवतरण भइरहेको छ ।

देशका विभिन्न भागमा होटल तथा रिर्सोटहरुको संख्या पनि बढेको छ । अहिले नै ३० वटा पाँच तारे होटल सञ्चालनमा रहेको र अबको डेढ वर्षभित्र थप २० वटा सञ्चालनमा आउने अनुमान गरिएको छ । कोभिड १९ का कारण धराशयी बनेको पर्यटन क्षेत्र विस्तारै रिभाइभ भइरहको