नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महत्वपूर्ण सांस्कृतिक अनुहार हुन – प्रेमनाथ अधिकारी । उनका राजनीतिक प्रेरणा पुरुष थिए –बालकृष्ण बुढाथोकी । बुढाथोकीले नै उनलाई २०३७ साल भदौमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको कोषाध्यक्ष बनाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘प्रेमनाथ, अब तिमीले साईंली र माइलीको गीतगाउन पाउने छैनौं ।’
प्रेमनाथ अधिकारीले जोगी हुन राजनीति गरेका थिएनन । उनका लागि राजनीति सेवा थियो । यही सेवाभावले प्रेरित भएका प्रेमनाथ अधिकारी लामो समयदेखि निस्वार्थ भावले राजनीतिलाई पछ्याउँदै आएका छन । उनमा गहिरो सांस्कृतिक चेतना रहेको छ । उनी कलाकारहरुका लागि जीवनको अनिवार्य आबश्यकता जुटाउन सक्रिय रहेका छन । उनी एमालेको भ्रातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघका पाँचौ अध्यक्ष हुन । कलाकारहरुकावीच लोकप्रिय रहेका प्रेमनाथ अधिकारी चाहन्छन –कलाकारहरु जुनसुकै राजनीतिक दलसँग आबध्द भएपनि सबैको समान सम्मान होस । कम्तीमा पनि कलाकारहरुका लागि गाँस र वासको समस्या नहोस । आफनो प्रतिभाको समुचित कदर भएको अनुभूति गर्न पाउन सबै कलाकारले । सबै कलाकारको आत्म–सम्मान उँचो रहोस ।
तेह«थुम जिल्लाको तम्पूmला गाउँमा जन्मिएका अधिकारीका सांस्कृतिक गुरु तथा प्रेरक ब्यक्तित्व थिए तोयनाथ भट्टराई र डा.बिजय सुब्बा, डा. सुब्बाले उनलाई बाद्यवादनसँग परिचित गराए । प्रेमनाथको सबैभन्दा प्रिय बाद्यवादन थियो गीतार । गीतारप्रति उनको असीम आकर्षण देखेपछि उनका पिता–माताले लैनो गाई बेचेर गीतार किन्न पैसा दिएका थिए । उनले झण्डै बीसबर्ष जति त्यो गीतार बोके । उनको संगीतले तेह«थुमका गाउँगाउँलाई संगीतमय बनाइदियो ।
प्रेमनाथजीले जीवनभर जनताको गीत गाए । उनको स्वरमा सरस्वतीको वास थियो । जब उनी गीतारको धूनमा ‘नउठी भएन नेपालका दिदीबहिनी हो, के छ र बाँच्ने आधार कम्मरै नकसी’, ‘धर्तीपुत्र हे वीर किसान हो, जमीन हुन्छ जोत्नेको’ जस्ता गीत गाउँथे तव ग्रामीण समुदायका मानिसको अनुहार बेग्लै तरंग आउँथ्यो – परिवर्तनको तरंग ।
त्यतिबेला ‘एमाले’ बनी सकेको थिएन । कामरेड सीपी मैनाली, झलनाथ खनाल र आरके मैनाली मालेको नेतृत्वमा थिए । उनीहरु राजा बीरेन्द्रले ‘सुधारिएको निर्दलीय ’पन्चायत ब्यबस्था’ र ‘बहुदलीय प्रजातान्त्रिक ब्यबस्था’ का बीचक ुन रोज्ने ? भन्ने प्रश्नसहित २०३६ सालमा गराएको जनमत संग्रह बहिष्कारको पक्षमा लागे । त्यतिखेर, मालेले बहुदलीय ब्यबस्थाको पक्षमा मतदान गरेको भए राजनीतिमा धेरै भडकाउ आउने थिएन भन्ने अभिमत राख्दै आएका छन – राजनीतिक बिश्लेषकहरुले । तर, कलाकारका रुपमा ख्याति पाउँदै गएका प्रेमनाथ र उनका सहयात्रीहरु राजनीतिक कलाकारितामा सक्रिय थिए । संगीत र संस्कृतिका माध्यमले जन–चेतना उकास्ने धूनमा लागेका त्यतिबेलाका तन्नेरीहरु नेताहरुको ‘नीतिगत’वचनको पालना गर्दथे । चाहे कांग्रेसका कार्यकर्ता हुन अथवा कम्युनिष्टका, नीतिको मामिलामा नेताहरुको सर्वोपरिता कायम थियो ।
प्रेमनाथजी अनेरास्वबियूको सचिव भएपछि उनको राजनीति अलिकति माथि उक्लियो । उनी पार्टीले बिश्वास गरेका कार्यकर्तामा दरिन थाले । उनी पार्टीका गोप्य सर्कुलरहरु स्थानीय नेताहरुको घरमा पुर्याउने बिश्वसनीय कार्यकर्ता बने । उनी सम्झिन्छन –मैले त्यस्तो पहिलो गोप्य सर्कुलर आठराई जिल्लाको व्हाकु गाउँ निवासी खगेन्द्र लुइँटेलको घरमा पुर्याएको थिएँ ।
प्रेमनाथ अधिकारीले २०४० सालको नारी दिवस मनाउने क्रममा धर्मपुरको त्रि–कन्या प्राथमिक बिद्यालयमा ‘जनताको गीत’गाउन कार्यक्रमको आयोजना गरेका थिए । त्यतिबेला, प्रशासनले कार्यक्रम स्थलमा छापा मार्यो । त्यसपछि धरानमा रहेको अन्चल अदालतमा अधिकारी र उनका साथीहरु बिरुध्द मुद्दा चलाइयो । त्यो मुद्दाको तारीख खेप्न अधिकारी र उनका साथीहरु हरेक महिना तेह«थुमबाट धरान ओर्लिनु पर्दथ्यो । त्यतिबेला अहिलेको जस्तो मोटर बाटो थिएन । हरेक महिना दुइ–तीन दिन हिंडेर धरान धाउनु र फर्किनु यातना नै थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माले) को संजालभित्र प्रेमनाथको प्रवेश २०३७ सालमा भएपनि मालेका अध्यक्ष सीपी मैनालीसँग उनको परिचय २०४० सालमा मात्रै भयो । सीपी नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता थिए जो सफल हुन सकेनन । त्यसै ताका, अधिकारीले कालकोठरीमा जीवन बिताएर आएका अर्का नेता खड्गप्रसाद शर्मा ओलीसँग भेटने मौका पाए । त्यतिबेला कम्युनिष्ट पार्टीको नियम कडा थियो । पार्टीको अनुमति बेगर कार्यकर्ताले पात पनि हल्लाउन सक्दैनथे ।
जनमत संग्रहमा बहुदलीय पक्षको पराजय र निर्दलीय पक्षको बिजय बिडम्बना थिएन । यो बिजय पन्चायती सत्ताका खेलाडीहरुको गहिरो चालको परिणाम थियो । जनमत संग्रहपछि भएको राष्ट्रिय पन्चायत सदस्यको प्रत्यक्ष निर्वाचनमा ‘पन्चायतको भण्डाफोर’ गर्न माले पार्टी सहभागी भयो । प्रेमनाथ अधिकारीको जिल्लाबाट उम्मेदवार थिए –परशुराम खापुंग । उनको चुनाव चिन्ह थियो छाता । खापुंग बाहेक अन्य महत्वपूर्ण उम्मेदवार थिए –चितवनका जागृतप्रसाद भेटवाल र झापाका द्रोणाचार्य क्षेत्री । काठमाडौंका पद्मरत्न तुलाधर र मकवानपुरका रुपचन्द्र बिष्ट स्वतन्त्र उम्मेदवार थिए जसलाई मालेले समर्थन गरेको थियो । प्रेमनाथले २०३७ देखि २०८० सम्मको चार दशकको यो समयमा ब्यक्तिगत हिसावले दुःख र सुख समान रुपले भोगेका छन । २०४६ सालको पहिलो राष्ट्रिय जन–आन्दोलनपछि मदन भण्डारीकोे सक्रियतामा नेपालका कम्युनिष्टहरु कामरेड मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को छातामुनी एकीकृत हुनु उनका लागि खुशीको क्षण थियो । मालेबाट एमाले हुन हुँदैन भन्ने बिचार अस्तित्वमा नरहेको होइन । तर, त्यो बिचार अहिले पातलिदै गएको छ । लामो समय जनयुध्द हाँकेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संग अहिलेको र यसभन्दा अघिको सहकार्य फलदायी हुने सोचेका छन प्रेमनाथले । कम्युनिष्टहरु आ–आफना आग्रह–पूर्वाग्रह छाडेर एउटै मन्चमा भेलाभए भने देशको भलो हुनेछ भन्नेमा दृढ बिश्वास छ अधिकारीको । उनी भन्दछन ः कम्युनिष्ट आन्दोलनमा अन्तर्घुलनको आबश्यकता छ । सुगठित संगठन निर्माण अर्को आबश्यकता हो । चुनावमा जान रहर गर्ने धेरै छन । सबै कार्यकर्ता चुनावमा भाग लिन चाहन्छन । एकथरि कार्यकर्ताले जितेको दम्भ देखाउने र अर्काथरीले आफनो पराजय स्वीकार नगर्ने अनौठो चलन चलेको छ । कम्युनिष्ट पार्टीका लागि ‘आत्मालोेचना’ बहुमूल्य गहना हो । तर, दुर्भाग्य, हामीकहाँ त्यो चलन नै छैन ।
आफनो पार्टीका प्रति प्रेमनाथजीमा बिश्वास र सम्मान भाव रहेको छ । तर, अहिलेको राजनीतिक अबस्थाले उनलाई बिचलित तुल्याएको छ । मन पोल्न थालेको छ । प्रेमनाथजीले आफनो योग्यता र क्षमता देखाउने उचित अवसर अहिलेसम्म पाएका छैनन । तर, अवस्था जे जस्तो भएपनि आपूmले सांस्कृतिक क्षेत्रमा ठूलै छलांग मारेको गहिरो अनुभूति पक्कै रहेकोछ । त्यही अनुभूतिले उनलाई निरन्तर सक्रिय तुल्याएको छ ।
"