काठमाडौ महानगरले नास्टको प्रतिवेदन लुकायो - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

काठमाडौ महानगरले नास्टको प्रतिवेदन लुकायो


काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रतिदिन जम्मा हुने फोहोरमैला थन्क्याउने स्थानका रुपमा चर्चित हुँदै आएको बञ्चरेडाँडाको खोचबाट बग्ने कोल्पुखोलाको पानी मानिस र जनावरले पिउन मात्रै होइन, सिँचाइको लागि समेत अयोग्य भएको ठहर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को अनुसन्धानले देखाएको छ । नास्टले काठमाडौं महानगर पालिकाका लागि गरेको अध्ययनबाट यो तथ्य उदघाटित भएको हो ।

नास्टको अध्ययनमा भनिएकोछ ‘भूमिगत सतहको पानीमा फोहोर–मैलाको प्रभाव नदेखिए पनि कोल्पुखोलाको पानीमा फोहोर मैलाको उल्लेख्य प्रभाव परेकोे छ । त्यो प्रभाव घटाउनका लागि फोहोर–मैलाबाट निस्कने लिचेड र पानीलाई निर्मलीकरण गरेर मात्रै खोलामा मिसाउनु आवश्यक छ ।’

प्रतिवेदनमा भनिएकोछ, ‘फोहोरमैलाबाट निस्केको लिचेड मिसिएको कारण कोल्पुखोलाबाट सिँचित हजारौँ रोपनी खेतीयोग्य जमिन मरुभूमिमा परिणतहुने जोखिममा परेका छन ।’

गतवर्ष काठमाडौँ महानगरपालिकाबाट फोहोरमैला प्रभावित क्षेत्रको अध्ययन प्रतिवेदन तयारगर्ने जिम्मा पाएको नास्टले अध्ययन सकिएको लामो समयसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । नास्टका एक उच्च सूत्रका अनुसार ः अध्ययन प्रतिवेदनको रिपोर्ट तयार भइसकेकोछ । तर, महानगरसँग समन्वय नगरी प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने भएकाले नास्टले प्रतिवेदन सार्वजनिकगर्न सकेको छैन ।

नास्टले २०८० मंसिर २२ गते नै मस्यौदा प्रतिवेदन महानगरमा बुझाइ सकेकोछ । तर, महानगरले अहिलेसम्म किन प्रतिवेदन सार्वजनिक नगरेको हो ? यो आफैंमा रहस्यको विषय बनेकोछ । नास्टका अधिकारीे काठमाडौँ महानगरका कारण प्रतिवेदन सार्वजनिक नभएको जवाफ दिन्छन ।

फोहोर विर्सजन क्षेत्रका रुपमा रहेको ककनी गाउँपालिकाले पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने मांग गर्दै आएको छ । गाउँपालिकाले प्रतिवेदनले दिएको सुझावअनुसार प्रभावित क्षेत्रको समस्या तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिदै आएको छ । पालिकाले नास्टसँग प्रतिवेदन सार्वजनिक गर्ने माग गर्दै महानगरपालिकालाई पत्र पठाएपनि महानगर प्रशासनले त्यसको बेवास्ता गर्दै आएकोछ ।

 

"

"