- रुपान्तरण संवाददाता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत शुक्रबार पक्राउ परे । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । लामिछाने शुक्रबार नै पक्राउ परेपनि आईतबार मात्र प्रहरीले लामिछानेलाई अदालतमा पेश गरेका थिए । अदालतले रबिलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको देखिएको छ । सहकारीको रकम अपचलनका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई) सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा लामिछानेमाथि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छन । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूर्ण अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको थियो ।
उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी लगायत पूर्पक्षका लागि थुनामा रहेकाछन ।
जिबी राई सहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी लगायत अझै फरारछन । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछाने सहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेएको छ ।
सहकारीको रकम अपचलनको मुद्धा कुनै पनि हालतमा एउटा ब्यक्तिमा मात्र सीमित घटना भने होइन । अनेकौ बचतकर्ताको अर्वौ रुपियाँ ठगेका सहकारीहरुले जनताको पसिनाको हिसाब चुक्ता गर्नै पर्दछ ।
यता सडकमा र सामाजिक संजालमा रास्वपाका नेता कार्यकर्ताहरुको दिन प्रतिदिन बढिरहेको सक्रियताले यस मुद्दाको र्निक्योल कसरी होला भन्ने चासो बढेको छ । राजनीतिकरणको बाटोमा अगाडी बढेको रवि लामिछानेको केशमा धेरै मिडिया बाजी हुनु आवश्यक थिएन । यसका धेरै कारणहरु रहेको देखिन्छ ।
पोखराका सडकमा सहकारी समूहहरुले पनि प्रदर्शन गर्ने खबर फैलिएपछि त्यहाँ निषेधाज्ञा लगाइएकोछ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको शहिदचोक र गैरापाटन आसपासका क्षेत्रमा आइतबार बिहानदेखि निषेधाज्ञा जारी गरेकोछ । लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरू सँगको भेटमा पूर्व उपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट गर्नुभयो । गृहमन्त्री रमेश लेखकले पनि राजनीतिक रुपमा कसैलाई लक्षित गरेर पक्राउ गरी अनुसन्धानमा नपठाइएको बताउनुभयो । त्यस्तै सहकारी अपचलनमा प्रत्यक्षरूपमा संलग्न नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ्ग भने सहकारी प्रकरणमा नतानिनुले सरकार प्रति नै विपक्षी दलहरुको विश्वास घटेको देखीन्छ ।
रास्वपाले आफ्नो सभापति सँग र पार्टीसँग सरकारले प्रतिसोध साधेको बताइरहेको छ । रास्वपाका नेताहरु चौतर्फी रुपमा आन्दोलनमा उत्रनुले यो मुद्धालाइ राजनीतिकरण तर्फ अगाडी बढाएको देखिन्छ । सरकारले गरिरहेको बल प्रदर्शनले यसलाइ उल्टै उक्साउन मद्धत् गरिरहेकोछ । पक्राउ परेका लामिछानेलाई अहिले किन देवत्वकरण गरिदैछ यो चासोको विषय हो ।
सहकारीको रकम अपचलनको मुद्धा कुनै पनि हालतमा एउटा ब्यक्तिमा मात्र सीमित घटना भने होइन । अनेकौ बचतकर्ताको अर्वौ रुपियाँ ठगेका सहकारीहरुले जनताको पसिनाको हिसाब चुक्ता गर्नै पर्दछ ।