-सुजन तिमल्सिना
काठमाडौँ । चाडवाडको समयमा बजारमा तरकारीेको भाउ अकासिएको छ । धेरै जसो तरकारी बजारमा खुद्रा तथा मजौला ब्यापारीहरू बीचको प्रतिस्पर्धा एकातिर छ भने, बिचौलियाको रजगज अर्कोतर ।
शहरका तरकारी ब्यापारी बिचौलियाको फन्दामा परेकाछन । तरकारीको भाउ जथाभावी बढेकाले साना ब्यापारीहरु तरकारीको ब्यापारगर्ने कि नगर्ने भन्ने चिन्तामा परेका छन । वि.सं २०४३ सालमा स्थापित कालिमाटी तरकारी बजारबाट खुद्रा ब्यापारीले बिहान समयमा तरकारी उठाएर ब्यापारका लागि दौडधुप गरेको देखिन्छ । तर, सर्वसाधारण जनताका लागि तरकारी बिलाशको बस्तु बन्दै गएकोछ । आफ्नै बारीमा उम्रेका बिषादीरहित तरकारी सपना बनेकोछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक रूपमा आफ्नो ब्यापार हुने प्रमुख समयमा तरकारीका भाउहरू दैनिकरूपमा सार्वजनिक गर्ने गरेको छ । तर, पनि सर्वसाधारणहरू पसले सँग बातचितमै ब्यस्त हुन्छन् । अझै चर्को चर्को स्वरमा ।
कालीमाटी बजारको तरकारीको मूल्य र शहरको खुद्रा बजारको मूल्यमा अलिकति पनि समानता पाउन सकिदैन । थोक ब्यापारीले किसानसंग थोरै मूल्यमा तरकारी ल्याउने र उपभोक्तालाई चर्को मूल्यमा बेच्ने चलन पुरानै हो । बास्तबिक किसानले आफ्नो पूंजी र पसिनाको मूल्य पाउँदैन भने उपभोक्ताले चर्को मूल्य तिर्नु पर्दछ । उपत्यकाका तरकारी बजारमा कतैपनि तरकारी तथा फलफुलको मूल्य समान छैन ।
कालीमाटीको फलफूल तथा तरकारी बजार अचेल भारतीय उत्पादनमा निर्भर छ । काठमाडौ उपत्यकाका छेउछाउका गाउँहरु शहरी आवास क्षेत्रमा रुपान्तरित हुन थालेपछि संघीय राजधानीवासीका लागि ताजा तरकारी सपना बनेकोछ । स्थानीय तरकारी ब्यापारी रत्नकाजी भन्दछन, बजारमा ताजा तरकारीको आपूर्ति घटदै गएकोछ । समग्रमा भन्ने हो भने शहरका अधिकांश खुद्रा ब्यापारीहरू कालीमाटी फलफूल तथा तरकारी बजारमा आश्रित रहेका छन । श्री चन्द्र विनायक पार्क ब्यवस्थापन समितिले चावहिल क्षेत्रमा सञ्चालन गरेको तरकारी बजारमा आलु, प्याज, अदुवा, लसुन, र खुर्सानी ब्यापारगर्ने विकास लामा भन्दछन ः दलालहरुका कारण बजारमा खटपट रहेकोछ । नेपालले आलु, प्याज जस्ता बस्तुहरूमा समेत एकलौटी रूपमा भारतको भर पर्नु परेकोले अहिलेको अवस्था आएको हो ।
लामाका अनुसार अहिले बजारमा पाइने मुडेको आलु ब्यापारीले पाउने मूल्य प्रतिकिलो ८४ रुपैयाँ छ भने ग्राहकले त्यसको मूल्य ९५ रुपैयाँ तिर्नु परेको बताउनुभयो । त्यस्तै, प्याजमा ब्यापारीले पाउने मूूल्य प्रति केजी ११२ रहेको छ भने उपभोक्ताले त्यसको मूल्य १२५ तिर्नु पर्दछ । ब्यापारीले किसानबाट प्रति केजी १८० मा खरीद गरेर ल्याउने अदुवाको मूल्य उपभोक्ताले प्रति केजी २०० रूपैयाँ तिर्नुपर्ने बिडम्बना रहेको छ । ब्यापारीले किसानसंग २८० रुपैयाँ प्रतिकिलोमा खरीद गरेर ल्याएको लसुन ग्राहकले ३०० रूपैयाँ प्रतिकिलोमा पाउँछन । त्यस्तै, प्रतिकेजी १२५ पर्ने खुर्सानी ग्राहकले २०० रूपैयाँमा खरीदगर्नु परेकोछ । तरकारी बजार अराजक रहेकोछ ।
हरियो सागसब्जीको आपूर्ति भक्तपुरको विभिन्न ठाउँहरूबाट हुँदै आएकोछ । चावहिल क्षेत्रमा तरकारी बेच्दै आईरहनु भएका सिन्धुपाल्चोकका टोल बहादुर भुजेलका अनुसार तरकारीको भाऊ बढ्दा ग्राहक घट्ने र भाउ घटदा ग्राहकहरू झुम्मिने हुनाले नेपाली बजारको आकलन गर्न सकिदैन । भुजेलको भनाइ थियो ः नेपाली बजारको अस्तित्वलाई कायमगर्न किसानको मेहनत र पसिनाको कदरगर्ने नियम बनाउनु पर्दछ । विचौलियाहरूको एकाधिकारको अन्त्य गर्नुपर्दछ । भुजेलको दावी छ ः किसानसँग सस्तोमा लिएर उपभोक्तालाई चर्को मूल्यमा तरकारी बेच्ने प्रबृत्तिले बजार हल्लिएको छ ।
किसानसंग ब्यापारीले ७० रुपैयाँमा लिएको गान्टेमुलाको मूल्य उपभोक्ताले ११० रूपैयाँ चुक्ता गर्नुपर्दछ । किसानसंग एक कल्लीको २० रुपियामा किनेको तोरीको साग बजारमा पुग्दा ५० रुपैयाँसम्म पर्दछ । रायो साग प्रति केजी १२० रूपैयाँसम्म बिक्री हुदै आएको छ ।
हरियो परियो साग सब्जीहरू स्वदेशमा नै पाइएपनि ग्राहकको चहलपहल हेरेर तरकारीको मूल्य घटबढ हुने गरेको देखिन्छ । अहिले बजारमा गोलभेडाको मूल्य चर्किएकोछ । उपभोक्ताले प्रतिकिलोे २०० रूपैयाँमा किन्न बाध्य छन ।
खुद्रा र होलसेल ब्यापारीहरूको टक्करको प्रत्यक्ष मारमा पर्ने गरेका ग्राहकहरु बजारमा गुणस्तरीय तरकारी नपाइने गुनासो गर्दछन । तरकारीको स्तरीय हिसावले मुल्यांकन हुन सकेको छैन । त्यसैले बजारमा स्तरीय तरकारी पाउन कठिनछ । जयवागेश्वरीमा खुद्रा तरकारी पसल चलाउने विनोद दाहालको भनाइछ । तरकारीका बजार पिच्छे फरक मुल्य छन । मूल्यमा कुनै आधिकारिकता छैन । दाहालका अनुसार हाल हरियो तरकारीहरू लौका २० देखि ५०, भिन्डि ७०÷८०, काक्रो प्रतिकेजी १४०, मुला ५० रूपैयाँ, घिउसिमि १०० रूपैयाँ पर्वल ७० रूपैयाँ, खुर्सानी १०० रूपैयाँ, अदुवा १०० रूपैयाँ, नयाँ आलु ८५ रूपैयाँ, फर्सी पाकेको ५० रूपैयाँ गान्टे मुला १०० रूपैयाँ, गुन्द्रुक ५०० रूपैयाँ प्रतितकेजी, पाते च्याऊ १८० रूपैयाँ, ठूलो च्याऊ ४०० रूपैयाँमा बिक्री भई रहेको छ ।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठ तरकारीका लागि भारतकै भरपर्नुु पर्ने अवस्था रहेको बताउछन । मौसम अनुसारका तरकारीहरूले बजार धाने पनि प्याज आलु लगायतका तरकारीको लागि भने भारतको मुख ताक्नैपर्ने अवस्था सिर्जित भएकोछ ।
देशको विषम परिस्थिति र बेमौसमी बर्षातले गर्दा नेपाली बजारमा तरकारीको भाऊ अत्यन्तै बढेको श्रेष्ठ स्वीकार गर्दछन । हिँउदे सिजनका तरकारीहरू बजार प्रवेश गरेपछि मात्र तरकारीहरूको मुल्यमा कमि आउने श्रेष्ठको भनाई रहेको छ । श्रेष्ठका अनुसार आपूर्ति हुन नसकेकोले माग यथावत रूपमा रहेकोछ ।
पुरानो बानेश्वरका खद्रा पसले भूमी नन्द श्रेष्ठका अनुसार अरु ठाउँको बजार भाऊ हेरी पुरानो बानेश्वरमा गा्रहकको चाँप बेसी र तरकारी पसलहरु कम रहेकाले तरकारीको मूल्यमा एकरुपता छैन ।
उपभोक्ताले महंगो रुपैया तिर्न तयार रहेपनि बास्तविक श्रम, समय र श्रोत खर्चेका किसानको हातमा त्यसको मूल्य पुग्न सकेको छैन ।