नेपालमा अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम भित्र्याउन ६ संस्थाको गठबन्धन - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालमा अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम भित्र्याउन ६ संस्थाको गठबन्धन


काठमाडौं । कोभिड १९ भाइरसको दोस्रो चरणको प्रवेशसँगै नेपालमा अक्सिजन आपूर्तिको गम्भीर अभाव भएपछि नेपालका ६ वटा कम्पनीले ऐतिहासिक गठबन्धन गर्दै मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्न लागेका छन् ।

नेपालमा अक्सिजन सिलिण्डरको संकलन र भण्डारणमा जोड दिइएता पनि उत्पादनतर्फ ध्यान आकर्षण नभएको भन्दै नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरिएको छ । ती संस्थाहरुले नेपालमा अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम भित्र्याउन लागेका हुन् ।

संक्रमितहरुको उल्लेखनीय संख्यामा वृद्धि भएपछि अस्पतालहरूद्वारा अपर्याप्त अक्सिजका कारण संक्रमितहरुको उपचार गर्न नसकिने स्थिति आएपछि ति कम्पनीहरुले नौलो प्रयास शुरु गर्न लागेका हुन् । ती कम्पनीहरुले चार हप्ता भित्र नेपालमा अक्सिजनको अभाव कम गर्न फ्रान्सबाट दस अक्सिजन प्लान्ट्स वितरण गर्ने जनाएका छन् ।

अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनको फ्रान्सेली कम्पनी ‘नोभएयर’लाई छनोट गरिएको छ । हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेकाले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउने लक्ष्य लिएको छ । उक्त सिस्टमले प्रतिदिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ छ ।

अक्सिजन प्लान्टको स्थापना गर्न कन्सोर्टियम र नेपालका कम्पनीहरुबीच एक खालको सम्झौता भइसकेको छ । कन्सोर्टियम सदस्यहरुमा बाटास फाउन्डेसन नेपाल, अमेरिका नेपाल मेडिकल फाउण्डेसन, स्याकार ट्रेडिङ्ग प्रा.लि.नेपाल, जगदम्बा स्टील प्रा.लि.,क्रियसन नेपाल, ह्युमिनिटी फाउन्डेसन र मिसन रिबोल्ड छन् । ती संस्थाहरुका लागि अन्य सहयोगीका रुपमा पनि तयार भएका छन् । द कोका कोला फाउण्डेसन, एसएस ग्रुप, अमेरिका नेपाल मेडिकल फाउण्डेसनलगायत छन् ।