नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयलाई लिएर विवाद भएको छ । त्यस्तै केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग उठेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।"
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रूपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको भन्दै दुबै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।