सरकारको कार्यशैली बदलिने प्रचण्डको घोषणा
- रुपान्तरण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्रगति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा मंगलबार ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । सो क्रममा उनले सरकारको कार्यशैली बदलिने घोषणा पनि गरे ।