नेपालमा पछिल्लो समय सबै उमेर समूहका लागि धेरै सङ्क्रामक र जोखिमपूर्ण कोरोना भाइरसको भेरियन्ट फैलिएको पुष्टि भएको छ। कोरोना भाइरसको भारतीय भेरियन्ट भनिएको (बी.१.६१२.२) नेपालमा अत्याधिक फैलिरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
सुविधा सम्पन्न र अत्याधुनिक प्रविधियुक्त अस्पतालको रुपमा प्रचार गरिरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ विरामी भर्ना गर्न नसक्ने र उपचाररतलाई पनि अक्सिजन उपलब्ध गराउन नसकिने जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयको सिफारिस बिना कुनै पनि सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री नगर्न दिएको निर्देशनलाई ‘बेतुक’ र ‘हचुवा’को निर्णय भनेका छन् ।
तत्कालिन धरान नगर पञ्चायतका प्रधानपञ्च प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठको बुधवार काठमाडौंमा निधन भएको छ ।
कोरोना भाइरसको संक्रमणदर बढिरहेको बेला गत बर्ष रुकुम पश्चिमको एक नगरपालिकाले सञ्चालनमा ल्याएको पीसिआर परिक्षण प्रयोगशालामा अहिले परिक्षणको काम सुचारु हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ ।
कोभिड–१९ दोस्रो लहरको संक्रमण प्रदेश–१ मा पनि बढेपछि पूर्वका प्रमुख धार्मिक स्थलहरुमा तिर्थयात्रीहरुले गर्दै आएका पूजा अर्चना बन्द भएका छन् ।