कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पाउन सहज
- रुपान्तरण
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।