रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार


काठमाडौं । युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुस र यक्रेनबीच युद्ध जारी भएको विहीबार ३६ दिन पूरा भईसके पनि युद्ध रोकिने अवस्थामा पुगेको छैन ।

युद्ध विरामको लागि पटक(पटक दुई देशबीच वार्ता भएपनि कुनै समाधान भएको छैन । हालसम्म ४० लाख भन्दा बढी मानिसहरूले युक्रेन छोडीसकेका छन् । त्यस्तै रुसले पटक(पटक परमाणु हतियारको धम्की दिइरहँदा रुसले दोस्रो चरणको युद्धको तयारी गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

पहिले जेलेन्स्कीले लेखेको चिठ्ठी त्यसपछि रुसमा भएको बिस्फोटबाट रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन स्तब्ध भएका छन् र भिषण युद्धको चेतावनी समेत दिएको देखिन्छ ।

सोही कुरालाई लिएर जेलेन्स्कीले आफ्नो बयान दिएका छन् । रुसले किभ माथि कब्जा गर्न नसकेपछि रुस स्तब्ध भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । रुसको प्रत्येक आक्रमणको जवाफ दिन युक्रेन सधै तयार रहेको उनको तर्क छ । युक्रेनसँग युद्धका क्रममा रुसले पटक(पटक परमाणु हतियार प्रयोग गर्ने धम्की समेत दिदै आएको छ ।

रुसले शान्ति वार्ताका क्रममा गरेको वाचा विपरित आक्रमण जारी राखेको युक्रेनले आरोप लगाउँदै आएको छ ।युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले त्यहाँ सैन्य गतिविधि कम गर्ने वाचा गरेपनि रुसले आफ्नो आक्रमणमा कुनै परिवर्तन नगरेको बताएका छन ।

यता, रुसले आक्रमण सुरू गरेदेखि हालसम्म युक्रेन छड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो ।