विचार - रुपान्तरण
 २०८१ असार २, शनिबार    

विचार

लोकतान्त्रिक गणतन्त्रको आरोह अवरोह

-      

देशमा जनयुद्धको आँधीबेहरी चलेको थियो । हामी स्कुले विद्यार्थीलाई जनयुध्दको नसाले छोएको थियो । गाउँका चिया पसल र मेलापातमा मान्छेहरू अनेकौँ राजनीतिक अड्कलबाजी गर्न थालेका थिए । एकाथरिको थेगो नै थियो,‘गुलेली हान्न नसक्ने भुराहरूले राजा फाल्ने रे । उबेला राजनीतिक दलहरूलाई उडाउने थेगो नै बनेको थिया्े, ‘काङ्ग्रेसका कुरा धेरै, एमालेका भुरा धेरै, हलोका बुढा धेरै ।’ त्यो समयदेखि यो समयसम्म आइपुग्दा देश गणतन्त्रमय भएको छ । हाम्रो इतिहासमा समय चक्रसँगै सैनिक मञ्चमा १७ औँ गणतन्त्र दिवस मनाइएको छ । हामीले लोकको सान, मान र शीर उँचो बनाउन लोकतन्त्रलाई विकल्पका रुपमा रोजेको हो । लोकतन्त्रमा राजा महाराजा ठुलाठालु भन्दा लोकको प्रतिष्ठा उँचो हुन्छ ।"""

टिप्पणी : घासीरामका छोरा कैलाश

- किशोर नेपाल   

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले कान्तिपुर प्रकाशनका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको बात लगाएर गिरफतार गरेपछि जन–मानस बिथोलिएको छ । जनमत पार्टीका नेता तथा पत्रकार बीपी साहका अनुसार कैलाश सिरोहियाका पिता घासीराम सिरोहिया २००९ सालमा स्थापित जनकपुर उद्योग बाणिज्य संघका संस्थापक महासचिव थिए । २०३२ सालतिर घासीरामव्दारा स्थापित तेल मिल चर्चित थियो । २०३५–३६ सालतिर जनकपुरमा स्थापित सिरोहिया फर्निचरमा कैलाश सक्रिय थिए । पछि, उनैले काठमाडौंमा सिरोहिया फर्निचर्सले टिकउडका फर्निचरहरुको ब्यापार प्रबध्र्दन शुरु गरेका थिए ।