कोरोनाको दोस्रो सिजनः सम्बन्धमा लकडाउन
- रुपान्तरण
‘आज कमायो आजैलाई ठीक्क’ हुनेहरु त कति होलान कति, जसलाई अहिले आधा पेट खाएर सुत्नु परेको छ, खाली पेट निद्रा नलागेर छटपटाउनु परेको छ । तर, टन्न खान पुग्नेहरुलाई पनि कहाँ छ र चैन ? पेटभरी खाएर पनि निद्रा नलागेर आधा रातमा उठेर फेरि खानेहरु रात छर्लगैं पारेर बसिरहेका छन् हिजोआज । काम गर्न बाहिर जानै पर्नेहरु निद्रामा नै झसंग हुँदा हुन् ।"