कटाउनै पर्ने हो चार भन्ज्याङ ?
- रुपान्तरण
कानूनमा एउटा शब्दावलि हुन्छ, ‘एन्टिसिपेटरी बेल’ अर्थात, अग्रिम जमानत । कुनै अभियोग लागेको व्यक्तिले आफूलाई गिरफ्तारीबाट बचाउन अग्रिम जमानतको लागि अदालतमा निवेदन हाल्ने ब्यवस्था । त्यही अग्रिम जमानतका साथ विवेकशील साझा पार्टीका रबीन्द्र मिश्रजीले पत्र–पत्रिकामा आफ्नो अवधारणापत्र पेश गरेका छन् । ‘मैले यस्तो भन्दा केही मानिसहरुले मलाई यस्तो आरोप लगाउने छन् । उनीहरुले आरोप लगाउनु पूर्व यी कुराहरु थाहा पाउन’,आदि, इत्यादि ।"