बेलायतमा लिज ट्रस नयाँ प्रधानमन्त्री - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

बेलायतमा लिज ट्रस नयाँ प्रधानमन्त्री


लन्डन । बेलायतमा लिज ट्रस ५६औं प्रधानमन्त्री बन्ने भएकी छन् । सत्ताधारी कन्जर्भेटिभ पार्टीले उनलाई दलको नेतामा चयन गरिसकेकाले प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । लिज ट्रसको चयनसँगै दलको नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् ।

गत वर्ष बोरिस जोनसनको विदेश सचिवको रूपमा काम गरिसकेकी लिज ट्रस कन्जरभेटिभ पार्टीका सदस्यहरुको ५७ प्रतिशत मत प्राप्त गरी दलको नेतामा चयन भएकी हुन् । उनका प्रतिस्पर्धी भारतीय मूलका ऋषि सुनकले ४३ प्रतिशत मत प्राप्त गरेका छन् । ट्रस मंगलबार महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछिन्।