पहिलो पटक सी र बाइडेनबीच भेटवार्ताको तयारी - रुपान्तरण
 २०८१ आश्विन २३, बुधबार    

पहिलो पटक सी र बाइडेनबीच भेटवार्ताको तयारी


एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । नोभेम्बर १४ मा इण्डोनेसियामा हुने जी–२० राष्ट्रहरुको बैठकका क्रममा सी र बाइडेनबीच भेटवार्ता हुने कार्यक्रम तय भएको हो ।

सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरुबीच पहिलो पटक भेट हुन लागेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भेट हुन लागेको पुष्टि गरेको हो ।

दुई देशबीचको सम्बन्धलाई विस्तार गर्ने र प्रतिष्पर्धालाई मर्यादित बनाउने योजना रहेको छ । दुवै देशकाका साझा चासोका विषयहरुमा सहकार्य गर्ने लगायतका एजेण्डाहरुको बारेमा छलफल हु्ने ह्वाइट हाउसले जनाएको छ । केही महिना अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीन अमेरिकासँग निकै रुष्ट बनेको छ ।