नेपाली भाषा साहित्यका श्रष्टाहरु अन्तर्राष्ट्रिय रुपमा जोडिदै - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

नेपाली भाषा साहित्यका श्रष्टाहरु अन्तर्राष्ट्रिय रुपमा जोडिदै


धरान । संसारभरीका देशहरुमा रहेका नेपाली भाषा साहित्यका श्रष्टाहरुकाबीच सिर्जनाको माध्यमबाट संवाद आदान प्रदान गरिएको छ ।

विश्व नेपाली साहित्य महासंघले भौतिक रुपमा भेटघाट नहुने श्रष्टाहरुबीच भच्र्युअल सम्पर्कको श्रृङखला संचालन गर्दै आएको छ । यसपाली सोमवार आयोजित साहित्यिक सिर्जना वाचन महासंघको नवौं श्रङ्खला हो ।

बेलायतस्थित कवि अमित थेबेका अनुसार महासंघ विश्व केन्द्रीय समितिले यूके शाखासँग संयुक्त रूपमा आयोजना गरेको सिर्जना वाचन तथा विमर्शमा साउथ यूकेसँग स्रष्टा भेटघाट र सिर्जना प्रस्तुती गरेको हो ।

अंग्रेजी महिनाको १५ तारिखमा महासंघले यस्तो संवादको श्रृङखला सञ्चालन गर्दै आएको छ । यसपाली साउथ यूके शाखाआबद्ध स्रष्टाहरूसँग संवादका साथ सिर्जना वाचन गरिएको अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए । उनले केन्द्र र शाखाबीच सकृय सम्बन्ध बढाउन गरिने साहित्यिक गतिविधिले नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

महासचिव सुनिता राईका अनुसार कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरू सहभागी भएका थिए । रचना वाचन तथा संवादमा प्रा.डा. भीम खतिवडा (नेपाल), डा. मधु श्रेष्ठ (अमेरिका), सुरेन्द्र लिम्बु परदेशी (भारत), डा. लेखनाथ काफ्ले (ताइवान), सावित्रा लुइँटेल घिमिरे (इजरायल), सुनिता राई कन्दङ्वा (इजरायल), भुवन रोक्का (जापान), कल्पना पौडेल जिज्ञासु (नेपाल), डा. नाज सिंह (भारत), राहुल राई (भारत) जोडिएका थिए ।

सिर्जना वाचनमा साउथ यूके शाखाबाट औतारी साइला, थिर थापा मगर, सेमन्त राई र अमित थेवेले कविता, मुक्तक र गीत सुनाए । वाचन गरिएका सिर्जनाहरूको समीक्षा केन्द्रीय सल्लाहकार प्रा.डा. खतिवडा र उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेले गरे । नेपाली साहित्य र सँस्कृतिको विश्वव्यापी प्रचार गर्न महासंघको स्थापना १३ जुलाई २०१० मा भएको हो । महासंघले २० मुलुकहरूमा बनेको २८ वटा शाखा समितिहरू मार्पmत् संस्थागत गतिविधहरू सञ्चालन गर्दै आएको छ ।