चीनमा १६ वटा खोपलाई परीक्षणको अनुमति दिने - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

चीनमा १६ वटा खोपलाई परीक्षणको अनुमति दिने


काठमाडौं । चीन सरकारले चीनभित्र बनेका कम्तीमा पनि १६ बटा खोपलाई परीक्षणको अनुमति दिने भएको छ ।

चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनका अनुसार चीन सरकारले त्यहाँको १६ वटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ । ती मध्ये छ वटा खोपको तीन चरण परीक्षण भइसकेकोछ ।

चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोनटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएर प्रयोग भइरहेको छ ।

चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रअरीे ९ मा चार करोडभन्दा बढी खोप संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको बताइएको छ । ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको हो भने कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ । एजेन्सी