युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको तयारी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको तयारी


काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी दिएको छ ।युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेकै बेला राजधानी किभमा पनि आक्रमण गर्ने चेतावनी दिएको हो ।

सोमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आक्रमण गरेका छन । जसका कारण कयौंको हताहती भएको बताइएको छ । रुसी सेनाले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको र महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको जनाइएको छ ।

निरन्तर जारी रहेको आक्रमणका कारण हालसम्म युक्रेनको सीमाबाट १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । कैयौं आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन।

रुसी समाचार संस्था इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ ।