गठबन्धन दलबाट मन्त्रीहरुको नाम नआउँदा देउवालाई तनाव
- रुपान्तरण
सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रालय भागबन्डाको अन्तिम तयारीमा छन् । तर पावर शेयरिङको विषयले नेताहरु अलमलिएका छन् । त्यतिमात्र होइन गढबन्धनमै रहेका दलहरुले मन्त्रीहरुको नामावली टुंगोमा पुर्याउन नसक्दा मन्त्रिपरिषद्ले अन्तिम रुप पाएको छैन् । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बन्न थालेका छन् ।