राजनीति - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

राजनीति

संविधान शंसोधनका लागि वौद्धिक वहस

- युवराज गौतम   

गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीता र संघीयता नेपालको संविधानको मुल मर्म हुन् । तर संविधान कार्यान्वयनमा समस्या आउँदा यसको पुनरावलोकनको वहस सुरु भएको छ । संविधानबारे जानकारहरु संविधान संशोधन गर्नुपर्नेमा अडिक देखिएका छन् । यसका लागि औपचारिक रुपमा बौद्धिक क्षेत्रबाट बहस सुरु भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाको अग्रसरतामा आजदेखि औपचारिक रुपमा बौद्धिक बहस सुरु भएको हो । संविधान पुनरावलोकनका लागि पनि जारी भएको १० बर्ष कटाउन नहुने तर हाल नौं बर्ष भइसकेकाले पनि शंसोधनको बहस सुरु गरिएको हो ।