भोलि जेठ १५ गते । देशमा गणतन्त्र दिवस मनाइदैछ । नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट दल भनेर कहलिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष तथा कांग्रेस–कम्युनिष्ट समीकरणमा बनेको वर्तमान सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी अध्यक्षका हैसियतले आफना कार्यकर्ताहरुलाई संघीय राजधानी शहरका नाका–नाकामा आफनो शक्ति प्रदर्शनगर्न निर्देशन दिइसक्नु भएकोछ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रको आयोजनामा शुक्रवार भएको छलफल कार्यक्रममा देशमा राजनीतिक अधिकारको बहाली र समावेशी राज्य ब्यबस्थाको स्थापना भएपनि जनताको जन–जीविकाको प्रश्नमा नेतृत्व पूर्णतया चुकेको बताउनु भएकोछ ।
देशका स्वनामधन्य ‘राजनेता’ बुध्दिजीवी, बिश्लेषक र बरिष्ठ पत्रकारहरुले भारतीय जनता पार्टीका विदेश बिभाग प्रमुख डा. विजय चौथाइवालेको हालैको नेपाल भ्रमणलाई नेपालको आन्तरिक ‘राजनीति’ संग जोडेर महत्वदिनु आफैमा उदेकलाग्दो थियो ।
के जनताको मायाले राजाले गद्दी छाडेर हिडेका हुन ?
प्रधानमन्त्री ओलीले माधव नेपालको समाजवादी पार्टीमा जान तमतयार रहेका आफ्ना पुराना मित्र वामदेव गौतमलाई एमालेमा स्वागतगर्ने चाहनाराख्नु भएको थियो । वामदेव पनि त्यसका लागि तमतयार हुनुभएको थियो ।
नेपालमा संघीयताको अवधारणा २०४६ सालको जनआन्दोलनसँगै शुरु भएको आधुनिक क्षेत्रीय राजनीति अर्थात मधेश राजनीतिले स्थापित गरेको हो ।
स्वास्थ्य क्षेत्रमा त, तै पनि, केही काम भएकोछ । जनसंख्याको क्षेत्रमा त कुनै काम नै भएको छैन । यो देशमा कुन उमेर समूहका मानिस कति छन ? कसरी थाहा पाउने ?
‘सुपर–हिरो’ प्रति यताका दर्शकहरुको आकर्षण बढी नै छ, कम छैन ।