मतदाताको चित्त दुख्ने कुनै काम नगरौं
- रुपान्तरण
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुःखको साथी पार्टी भएर काम गर्नुपर्ने बताए ।