एनआरएनएमा एकै पटक तीन अध्यक्ष - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

एनआरएनएमा एकै पटक तीन अध्यक्ष


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको दुई दशक यता नेतृत्व चयनमा नाटकीय सहमति बनेको छ । अध्यक्षमा मात्र एकै पटक तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।

विवादका कारण लामो समय अन्यौलमा परेको १० औ महाधिवेशनले तीन जनालाई अध्यक्ष चुनेको हो । अब बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

अध्यक्षमा निर्वाचित तीनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापण समारोहमै पद तथा गोपनियताको सपथ खुवाए । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो । महाधिवेशनले ६ क्षेत्रका क्षेत्रीय समितिहरु पनि सर्वसम्मतिमा चयन गरेको छ ।

जसअनुसार मध्यपुर्व क्षेत्रका लागि संयोजकमा मनोज कुमार श्रेष्ठ’गोर्खाली’,राजेन्द्र अर्याल ‘जोन’ र क्षेत्रीय उपसंयोजकमा राजु शर्मा,अमित चाम्लिङ, लाल बहादुर पुन र केबी हमाल रहेका छन । यसै गरि महिला संयोजकमा सरिता भण्डारी, संगीता कार्की रहेका छन् भने महिला सह संयोजकमा बन्दना सापकोटा शर्मा र सानोबेर जहान निर्वाचित भएका छन । यसैगरि मध्यपुर्व युवा संयोजकमा सुभाष केसी ,बालकृष्ण मरासिनी र युवा सहसंयोजकमा विजय धामी, मिनराज वाग्ले रहेका छन ।

एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय संयोजकमा पारसमणि पोखरेल, डिपी कँडेल र सह संयोजकमा हरि भट्टराई,दिपक कँडेल,नविन बिके, दधिवाल खडका र युवराज न्यौपाने रहेका छन । महिला संयोजकमा शान्ति अधिकारी र महिला उपसंयोजकमा ईन्दिरा तिवारी रहेकी छन भने युवा संयोजकमा सुरेश गिरी र युवा उपसंयोजक रन्जनराज कुवर सर्वसम्मत भएका छन ।

त्यस्तै युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा चिन्तामणी सापकोटा, सन्तोश भट्टराई र उपसंयोजकमा तिलक गैरे, चित्र सुवेदी, दयानिधि सापकोटा, ललित न्यौपाने, डा.नवराज रोस्यारा, सागर लामा र सागर सुवेदी रहेका छन । यस्तै महिला संयोजकमा वर्षा खड्का , पार्वती मल्ल र महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा रहेका छन । युवा संयोजकमा रमेश काफ्ले, किरण गुरुङ र युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक न्यौपाने रहेका छन ।

अमेरिका क्षेत्रीय संयोजकमा राम सि पोखरेल र प्रकाश सापकोटा , सह संयोजकमा अभिमन्यु बस्नेत,तुला भट्टचन, पुरुसोत्तम बोहोरा, राम कुमार सुबेदी र पशुपती पाण्डे निर्वाचित भएका छन । यसैगरि महिला संयोजक बन्दना कोइराला, तृष्णा शर्मा र महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी रहेका छन । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली रहेका छन भने युवा उपसंयोजकमा ईश्वर खत्री चुनीएका छन ।

त्यसैगरि अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा रहेका छन भने उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त रहेका छन । महिला संयोजकमा केसना लिम्बु , डा। सरिता र महिला उपसंयोजकमा खुस्बु घिमिरे रहेकी छन । यस्तै युवा संयोजकमा सागर उप्रेती चयन भएका छन ।

यसैगरि, ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा रहेका छन भने क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा रहेका छन । महिला संयोजकमा उषाकिरण बानिया, युवा संयोजकमा प्रदिप रुपाखेती र युवा सहसंयोजकमा आर्सद अहमद रहेका छन ।

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११, महिला उपाध्यक्ष २, युवा उपाध्यक्ष २, महासचिव २, उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको हो । त्यस्तै कोषाध्यक्ष ३, सहकोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष ३, युवा संयोजक २, महिला संयोजक २, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको हो ।

यता, छुट्टै अधिवेशन गरेका पूर्व अध्यक्ष शेष घलेले संघमा विधानविरीत गतिविधि सन्चालन गरेको भन्दै सो कार्य रोक्न अनुरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई पत्र लेखेका छन् । घलेले एनआरएनएकै नामबाट महाधिवेशनको आयोजना गरेपछि संघले यस्तो पत्र पठाएको हो।

संघका अध्यक्ष कुमार पन्तले सोबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पठाएको पत्रमा एनआरएनएको मंगलबारदेखि आयोजना गर्न लागिएको महाधिवेशन अवैध भएको उल्लेख गरिएको छ।