गभर्नर अधिकारी निलम्बित, ढुंगानालाई कार्यबाहकको जिम्मेवारी - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

गभर्नर अधिकारी निलम्बित, ढुंगानालाई कार्यबाहकको जिम्मेवारी


काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो ।

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ । यता, सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन गरेको हो । सरकारले नेपाल राष्ट्र बैंक ऐनको दफा २३ अनुसार जाँचबुझ समिति गठन गरेको हो ।

समितिमा डा.सूर्य थापा र डा.चन्द्रकान्त पौडेल सदस्य छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ मा जाँचबुझ समिति गठन तथा काम, कर्तव्य अन्तर्गत सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।