निलम्बन विरुद्ध महाप्रसाद अदालतमा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

निलम्बन विरुद्ध महाप्रसाद अदालतमा


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत गएका छन् । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत गएका हुन ।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । उनका तर्फबाट अधिवक्ताद्वय सुरेन्द्र थापा र नरेन्द्र गौतम सर्वोच्चमा रिट दर्ता गराउन गएका हुन् ।