महानिरीक्षकमा सिंह र अर्याल - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

महानिरीक्षकमा सिंह र अर्याल


काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । उनी २९औं महानिरीक्षक बनेका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ 

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विसं.२०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भएका थिए ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । गतहप्ता मात्र सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरित्त महानिरीक्षकमा नियुक्त भएका अर्याल महानिरीक्षक बन्ने निश्चित थियो ।