विवादमा डा.आरजु राणा - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

विवादमा डा.आरजु राणा


काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत चुनावी दौडाहमा रहेकी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवा विवादमा तानिएकी छन् । विवाद उनले आफैंले दिएको एक अभिब्यक्ति प्रमुख कारण बनेको छ ।

देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी समेत परेको छ। हरिश प्रसाद अवस्थी नामगरेका मतदाताले निर्वाचन आयोगमा राणाविरुद्ध उजुरी दिएका हुन् । उनले आरजूले स्थानीय तह निर्वाचन कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनि दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरिएको छ।

‘जनताको करबाट श्रृजित राज्यको साधनस्रोत राणाले आफ्नो ईच्छाअनुसार परिचालन गर्न पाँईदैन, राज्यको साधनश्रोत परिचालन गर्ने व्यवस्था संविधान र कानुन अनुसार हुने हो। निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुन्छ’ उजुरीमा भनिएको छ।

नेतृ राणाले दिएको अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको अवस्थीको आरोप छ । ‘उक्त अभिव्यक्ति निवाचन आचारसंहिता विपरित छ र यसले मतदाता र करदाताको गम्भीर अपमान गरेको हुनाले उनलाई सो बिषयमा स्पष्टीकरण सोधि कानुन अनुसार कारवाहि गरियोस्’ उजुरीमा माग गरिएको छ।

राणाले विहीबार डडेलधुरामा आयोजित सभामा कांग्रेसका उम्मेदवारले नजिते त्यस्ता पालिकामा पैसा नै रोकिदिने बताएकको कुरा संचारमाध्यममा आएका थिए । उनले भनेकी थिएन, ‘जहाँ कांग्रेसको मेयर हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ ? यो कुरा ध्यान दिएर करूवा, सरूवा, हरुवा पार्टीलाई भोट नहाल्नुस्।’

डडेलधुरामा पूर्व जिल्ला सभापति कर्ण मल्लले नेपाली कांग्रेस बिपीको चुनाव चिन्ह करुवा लिएर एमालेसँग तालमेल गरेका छन्। एमालेसँगको तालमेलपछि मल्ललाई कांग्रेसले पार्टीबाटै निष्कासन गरेको छ। मल्लको रणनीतिबाट आक्रोशित राणाले गैरजिम्मेवारीपूर्वक अभिब्यक्ति दिएको आरोप लागेको छ । उक्त अभिव्यक्तिलाई निर्वाचन आयोगले पनि नोटिस गरेको जनाएको छ ।