मकाउमा तयार भयो गायक सन्तोष गुरुङको गीत(भिडियो) - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

मकाउमा तयार भयो गायक सन्तोष गुरुङको गीत(भिडियो)


काठमाडौं । आधुनिक–पप गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आएका गायक सन्तोष गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब फेरि तिम्रो यादमा’बोलको उक्त गीतको भिडियो मकाउमा छायांकन भएको हो ।

प्रेम मोक्तानको शब्द संगीत रहेको गीतलाई सुरज विश्वकर्माको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । माया प्रेममा आधारित गीत ‘मेमोरी’एल्बममा समेत समावेश छ । सुरज विश्वकर्माको निर्देशनमा तयार भएको भिडियोमा नयन गुरुङ, प्रशान गुरुङ र सागर रानामगरको फिचरिङ देख्न पाइन्छ ।

दुई दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सन्तोष गुरुङ भने म्यूजिक भिडियो निर्देशक समेत हुन । उनको ‘क्यानभास मल्टिमिडिया’ नामक प्रोडक्सन कम्पनी पनि संचालित छ ।

०६२ सालमा कन्याममा चिया टिप्ने ठिटी नामक गीत रेर्कडिङ गरेर गायनमा आएका गुरुङले २०६९ सालमा ‘सुनसान रात’ गीतवाट वेष्ट न्यु आर्टिसमा ईमेज अवार्ड समेत हात परिसकेका छन् । उनी सूर्योदय नगरपालिका–६ हर्कटे निवासी हुन ।