अमेरिकालाई नेपालको पत्र - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

अमेरिकालाई नेपालको पत्र


काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराएका हुन् ।

चौतर्फी प्रश्न उठेपछि गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भन्दै यसबारे अमेरिकी सरकारलाई पत्र लेखेर जानकारी गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्बन्धी थप सम्झौता हुने तयारी भएको भन्दै एसपीपीको १० बुँदे मस्यौदा सार्वजनिक भएपछि यसबारे चौतर्फी प्रश्न उठेको थियो ।

सार्वजनिक विवरण अनुसार तात्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलो पटक २०१५ मा नेपाललाई एसपीपीमा सहभागी गराउन आग्रह गरेर अमेरिकालाई पत्राचार गर्नुभएको थियो । नेपालले २०१७ मा फेरि अमेरिकालाई पत्र लेखेर एसपीपीमा सहभागी गराउन आग्रह गरेको र त्यसको दुई वर्ष पछि २०१९ मा अमेरिकाले नेपाल एसपीपीमा आवद्ध भएको सार्वजनिक गरिएको थियो ।

"