जापान पुगेका प्रचण्ड भन्छन: निर्वाचनपछि स्थिर र बलियो सरकार - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

जापान पुगेका प्रचण्ड भन्छन: निर्वाचनपछि स्थिर र बलियो सरकार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् । उनले विदेशमा रहेका नेपालीहरूको योगदानले देशको अर्थतन्त्रलाई अगाडि बढाउन ठूलो भूमिका खेलेको प्रतिक्रिया दिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति जापान पुगेका हुन् ।

जापानको फुकोकामा भएको नेपाल फेस्टिबलमो उद्घाटन गर्दै उनले विदेशमा रहेका नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप र पुँजीले नेपालको विकासका लागि प्रयोग हुँदै आएको र आगामी दिनमा पनि अझ बढी प्रयोग हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता पाउने विधेयक दुवै सदनबाट पारित भइसकको जानकारी गराउँदै विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा मतदानको अधिकार दिलाउने प्रयासमा लागिरहेको बताए ।

जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ गर्ने तथा दुई पक्षीय आर्थिक र अन्य सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी गराए ।

अध्यक्ष दाहालले नेपाल रहँदा आफूले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट कुराकानी र सम्पर्क हुने गरेको स्मरण गर्दै जापानमा आएको बेलामा एकपटक प्रत्यक्ष भेट्ने कुरा पनि जापानी दूतावासमार्फत पुर्याएको बताए ।

आफूहरूको ध्यान राजनीतिक स्थायित्व, विकास र समृद्धितर्फ कसरी लैजाने भन्नेतर्फ रहेको उनले बताए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने भन्दै उनले आर्थिक विकासलाई प्राथमिकता राख्ने बताए ।

 

"

"