काठमाडौं २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको उम्मेदवारी घोषणा - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

काठमाडौं २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको उम्मेदवारी घोषणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न उम्मेदवारी दिने उनले बताइन । शनिवार भएको राप्रपाको बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पोखरेलले उम्मेदवारी दिने तयारीमा जुटेको बताएकी हुन् ।

कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेको आरोप लगाइन । उनले भनिन्,‘यस्तै हो भने तीन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केही समयपछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्छ । केही समयपछि नेपाल देशको पनि अस्तित्व नरहने खतरा छ,’उनले अगाडि भनिन, “त्यसैले म अगाडि बढेको छु, तपाइँहरुको साथ सहयोग चाहिन्छ, म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, सबैको आर्शिवाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिए भने बहुमतका विजयी हुन्छु ।’

नेतृ पोखरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गर्न आग्रह पनि गरिन । ‘काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड क्षेत्र हो । राप्रपाले संसदीय चुनाब जित्छ जित्छ ,कुन्ति पोखरेल आउँछ आउछ’ उनले भनिन् ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , पूर्वअध्यक्षद्वय पशुपति शम्सेर जबरा, डा.प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णे ध्वजको उपस्थिति रहेको थियो ।