हात्तीका छावाहरु हेरेर दंग - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

हात्तीका छावाहरु हेरेर दंग


चितवनको सौरहामा रहेको हात्ती प्रजनन् केन्दमा हात्तीका छावाहरुले पर्यटकहरुलाई निकै आकर्षित गर्ने गरेका छन् । २०४२ स्थापना गरीएको उक्त हात्ती प्रजनन् केन्द्रमा अहिले नौं वटा हात्तीका छावाहरु रहेका छन् ।

प्रजनन् केन्द्रमा आउने पर्यटकहरु ठुला हात्तीलाई भन्दा हात्तीका बच्चाहरु दौडेको खेलेको दृश्य हेरेर रमाउने गरेका छन् । नेपालमा नै हात्ती जन्माउने र हुर्काउने उद्देश्यले स्थापना गरीएको उक्त प्रजनन केन्द्रमा करिब ५० वटा हात्तीका बच्चाहरु जन्मेर हुर्केका छन् ।

सौरहामा आउने पर्यटकहरु खोरसोर प्रजनन् केन्द्रमा हात्तीको गतिविधि हेर्न आउने गर्दछन् । हात्तीका बच्चाहरु आमासगै जंगल जाने र आमासँगै जगलबाट फर्कने गर्दछन् । ति बच्चाहरुको बालापनको चुलबुलेपन नै त्यहाँ जाने पर्यटकहरुलाई मोहीत गर्ने गरेका छन् ।


तस्विर : ईश्वर जोशी

 

 

"