चोलेन्द्र शमशेर राणाको जवाफले हलचल - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

चोलेन्द्र शमशेर राणाको जवाफले हलचल


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाअभियोग सिफारिस समितिमा ११ प्रश्नको जवाफ दिएका छन् । समितिले भदौ १६ गतेबाट राणामाथिको बयान सुरु गर्दा हालसम्म तीन बैठकमा ११ प्रश्नको जवाफ आएको हो । समितिले भदौ १६ देखि निलम्बित प्रधानन्यायाधीश राणाको बयान लिइरहेको छ ।


राणाले समितिले राखेका प्रश्नको उत्तर दिने क्रममा आफ्नो प्रतिरक्षाका लागि अदालतभित्रका विभिन्न विकृतीलाई श्रृंखलाबद्ध रुपमा सार्वजनिक गरिरहेका छन् । उनको बयानले सर्वोच्च अदालतदेखि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनमा गम्भीर बहस भइरहेको छ । राणाले विभिन्न घट्नाक्रमहरुका बारेमा बोल्दै पूर्व प्रधानन्यायाधीशरु, सर्वोच्चका बहालवाला न्यायाधीशरु, नेपाल बारदेखि सर्वोच्च बारका पदाधिकारीहरु र वरिष्ठ अधिवक्तासम्मलाई विभिन्न काण्डहरुमा मुछेका छन् ।

समितिले सशस्त्रका तत्कालीन डीआईजी रञ्जन कोइराला संलग्न ज्यान मुद्दामा निलम्बित प्रधानन्यायाधीशलाई गरेको प्रश्नमा राणाले विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर कोइरालको सजाय कटौती गरेको बताएका छन् । छोराको रेखदेख गर्नुपर्ने कारण देखाउँदै उनले पूर्व डीआईजी कोइरालामाथिको सजाय २० वर्षबाट ८ वर्षमा झारेका थिए ।

प्रधानन्यायाधीशले आफ्नो संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायालयको साख, प्रतिष्ठा र जनआस्थालाई श्रीवृृद्धी गर्न प्रधानन्यायाधिश पूर्ण रुपले विमुख भएकाले महाअभियोग लगाउने प्रर्याप्त आधार देखिएको छ भन्ने आरोप समेत लागेको भन्दै समितिले गरेको प्रश्नमा राणाले संवैधानिक दायित्व पूर्णरुपमा पालाना गरेको जवाफ दिएका छन् ।

संवैधाानिक परिषद्को सदस्यको हैसियतमा राणाले आफ्नो संलग्नतामा विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिविरुद्ध मुद्दामा एक वर्षसम्म सुनुवाई नगरी न्यायमा गम्भीर विचलनको अवस्थाको सृजना गरेको र विशेष अदालतमा महिनौसम्म न्यायाधीशको पदपूर्ति गर्न अनिच्छा देखाएको सन्दर्भमा समितिको प्रश्नमा राणाले गरको प्रतिवादमा यो आरोप शतप्रतिशत झुठो रहेको जवाफ दिए । महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीशविरुद्ध समितिले ४३ वटा प्रश्न सोध्नेछ । तर, समितिका तीन वटा बैठकसम्म आइपुग्दा राणाले ११ प्रश्न मात्र सामना गरेका छन् ।