काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताएका छन् ।
बाराको पचरौता नगरपालिक, बेल्दारीमा कुस्ती प्रतियोगिताको उद्घाटन गर्ने क्रममा उनले देशलाई संकटबाट पार लगाउन कांग्रेसले नै भूमिका खेल्ने गरेको ईतिहास साक्षी छ भने
राजनीतिक संकटले मुलुक अप्ठ्यारोमा परेकाले त्यसको निकास दिनका लागि सरकारको नेतृत्व गर्न आफू तयार रहेको देउवाको भनाइ थियो । देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए ।
उनले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । कुस्ती प्रतियोगिता उद्घाट्न गर्न देउवा निजी हेलिकप्टरबाट बारा पुग्नु भएको हो ।