'होण्डाको दशैंको शुभ लाभ' योजना, १५ लाख नगद उपहार जित्न सकिने - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

'होण्डाको दशैंको शुभ लाभ' योजना, १५ लाख नगद उपहार जित्न सकिने


काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत रु.७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै ७ प्रदेशबाट एकएक जना गरी ७ जना ग्राहकले रु ७ लाख पाउन सक्नेछन् , बम्परमा लक्की ड्र मार्फत ग्राहकले रु १५ लाख नगद उपहार जित्न सक्नेछन् र साथसाथै खरीदमा इजी फाइन्यान्सको पनि सुविधा रहेको यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

"